काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेसँगै समकक्षी डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

पौडेलले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गरेको उपलक्ष्यमा ट्रम्पलाई बधाईका साथ सफल कार्यकालको शुभकामना दिएका हुन् ।

अमेरिकाको राष्ट्रपतिका रूपमा ट्रम्पको दोस्रो कार्यकालमा नेपाल–अमेरिकाबिचको सम्बन्ध अझ बलियो हुने विश्वास राष्ट्रपति पौडेलको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।