काठमाडौं - राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

बुधबार सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको एकल इजलासले युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । पुर्पक्षका लागि थुनामा जानेमा गुर्भाकोट नगरपालिका-९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भुपेन्द्र बुढा मगर रहेका छन् । 

जेठ २१ गते राति राउटे समुदायकी १९ वर्षीय र २३ वर्षीय युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।