'पर्यटनबाटै समृद्दि'
खबर एक्सप्रेस
२०७६-११-१४ ११:०० मा प्रकाशित
Total Shares: 353
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनले मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताएका छन् ।
नेपाल भ्रमण वर्ष सन् २०२० मुलुककै समृद्धिसँग जोडिएकाले यसको सफलताले मुलुकको आर्थिक सूचक उच्च बनाउने पनि मन्त्री भट्टराईले बताए।
गृह जिल्ला ताप्लेजुङमा गत ९ गतेबाट शुरू भई मङ्गलबार सम्पन्न पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सबको समापन समारोहलाई फुङ्लिङमा सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रको पहिचान, विकास र प्रवर्द्धनमा सरकारले विशेष ध्यान दिएको बताए ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस