नेपाल पक्षले ओलीलाई दिएको समयसीमा सकियो,अब के होला ?
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतीको बाटोमा आउन दिएको समयसीमा सकिएको छ ।
आइतबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको नेपाल पक्षको बैठकले ओलीलाई सहमतिका साथ पार्टीलाई अगाडि बढाउन र जेठ २ २०७५ को अवस्थामा फर्किन १३ घण्टाको समय दिएको थियो । जुन भर्खरै सोमबार बिहान ९ बजे सकिएको छ ।
सो समयमा ओलीले प्रतिवद्दता नजनाए कठोर निर्णय लिने एमाले नेता योगेश भट्टराईले बताएका थिए ।
ओलीले माग पुरा नगरेपछि अब बैठक बसेर कठोर निर्णय लिने नेपाल पक्षका एक नेताले जनतापाटीलाई जानकारी दिए । ‘हामीले अध्यक्ष ज्यूलाई दिएको समयसीमा सकिएको छ, यसअवधिमा हाम्रो माग सम्बोधन गर्नुभएन, अब हामी बैठक बसेर कठोर निर्णय लिदैँछौँ’ ती नेताले भने ।

.gif)



फेसबुक पेज Like गर्नुहोस