प्रधानमन्त्री ओली भन्छन्: 'मेरो ज्यान तलमाथि हुनसक्छ'
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । तर, भयो भने अन्यथा मान्न नहुनेसमेत उनले बताए ।
पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताउँदै भने, 'अन्यथा नमान्नुहोला, ममाथि शारीरिक हमला नै भयो, मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला । तर त्यस्तो हुँदैन । म रहिन भने पनि अन्यथा नमान्नुहोला, पार्टी छ, विचार छ ।'
उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिलसमेत गरे ।
उनले आफ्नो सरकारले गरेको विकासका कामहरू देखेर देशी विदेशी तत्त्व सरकार ढाल्न लागिपरेको बताए । 'विकासका काम गरिरहेको देखेर नै देशी-विदेशी तत्त्व सरकार असफल पार्न लागिरहेका छन् । विकास निर्माणको कामले गति लिइरहेको कारणले म माथि प्रहार भएको छ ।' ओलीले भने ।
फेसबुक पेज Like गर्नुहोस