काठमाडौं, एजेन्सी - चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तवको  ५८ वर्षको उमेरमा निधन भएको छ । गत अगस्ट १० मा जिममा कसरत गर्ने क्रममा राजुलाई हृदयघात भएको थियो । 

भारतीय सञ्चारमाध्यम इन्डियाडटकमका अनुसार दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो । मुटुमा धेरै अवरोध भएको रिपोर्ट आएपछि दिल्ली एम्सका चिकित्सकको टोलीले राजुको एन्जियोग्राफी गर्ने निर्णय गरेको थियो ।

तर, उनको स्वास्थ्यमा सुधार आएको थिएन । आखिर विगतदेखि भेन्टिलेटरमा मृत्युसँग लडिरहेका राजु श्रीवास्तवले आज संसार त्यागेका छन्। राजु श्रीवास्तवको निधनको खबर सार्वजनिक भएदेखि नै शोकको लहर छाएको छ ।  उनका फ्यानहरुले राजुप्रती श्रद्धाञ्जली व्यक्त गरेका छन् ।