प्रिमियर लिग: सानदार जितसहित म्यानचेस्टर सिटी शीर्षस्थानमा
काठमाडौं,एजेन्सी - म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वेस्ट ब्रममाथि ५–० को सानदार जित निकाल्दै सिटी शीर्षस्थानमा उक्लिएको हो ।
खेलको छैटौं मिनेटमा इल्के गुन्डोगानको गोलबाट पाहुना टोली सिटीले सुरुवाती अग्रता लिएको थियो । २०औं मिनेटमा जोआओ क्यान्सिलोले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । गुन्डोगानले ३० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी ३-० ले अघि बढ्यो । पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा रियाद महारेजले गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो ।
५७औं मिनेटमा महारेजको पासमा रहिम स्टर्लिङे गोल गर्दै सिटीलाई ५–० को सानदार जित दिलाए । जितसँगै सिटीले १९ खेलमा ४१ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडको समान खेलबाट ४० अंक छ । पराजित वेस्ट ब्रम ११ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस