फागुन २५ देखि जजिराले भैरहवाबाट फेरि उडान भर्ने
खबर एक्सप्रेस
२०७९-११-०७ ०७:५४ मा प्रकाशित
Total Shares: 104
काठमाडौं-कुवेतको जजिरा एयरवेजले आगामी २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान भर्ने भएको छ ।
विमानस्थलबाट जजिराले पुरानै तालिका अनुसार भैरहवा–कुवेत–भैरहवा सातामा तीन उडान भर्ने भएको हो ।
विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान भर्नेछ । बिहान ७:५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८:५ मा कुवेतका लागि उड्ने उनले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस