एकीकृत समाजवादी प्रदेश -२ को संसदीय दलको नेतामा महतो चयन
खबर एक्सप्रेस
२०७८-०५-२८ ०६:४८ मा प्रकाशित
Total Shares: 366
काठमाडौ,जनकपुरधाम - प्रदेश नम्बर २ मा नेकपा एकीकृत समाजवादी पार्टीको संददीय दलको नेतामा शत्रुधनप्रसाद महतो चयन भएका छन् । निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएलगत्तै नेकपा एकीकृत समाजवादीले नेता चयन गरेको हो ।
संसदीय दलको नेतामा चयन भएका महतो तत्कालिन नेकपा एमालेबाट धनुषाको क्षेत्र नम्बर ४ ९ख० बाट निर्वाचित सांसद हुन् । संसदीय दलको बैठकले नेता मात्रै चयन गरेको र प्रमुख सचेतक पछि चयन गरिने पार्टीका सांसद अशोककुमार यादवले जानकारी दिए ।
नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीसँग १३ जना सांसद छन् । प्रदेश नम्बर २ मा अब नेकपा एमालेसँग भने ८ जना सांसद मात्रै रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस