कोरोनामुक्त हुँदै शशांक कोइराला अस्पतालबाट डिस्चार्ज
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना भाइरसमुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएका छन् ।
शनिबार कोरोना भाइरसलाई जित्दै अस्पतालबाट डिस्चार्ज भएको कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका हुन् ।
भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोइराला होम आईसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि भदौ ३१ गते मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो ।
उनले कोरोनाविरुद्ध लड्न मनोबल बढाएको भन्दै आफ्ना शुभेच्छुक, आफन्त सबैलाई धन्यवाद दिएका छन् । 'मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, नेता तथा कार्यकर्ताहरु,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा. विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु ।' फेसबुकमा लेखेका छन् ।
चिकित्सकको सल्लाह बमोजिम केहि दिन होम आइसोलेशनमै रहने कोइरालाले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस