काठमाडौं - नेपाली कांग्रेसले सरकारले सदनमा पेस गरेका अध्यादेशहरू स्वीकृत हुने जनाएको छ।

बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि बोल्दै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले उक्त कुरा बताएका हुन् ।

उनले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरे ।

संसदीय दलको बैठकअघि कांग्रेसका नेताहरूले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए ।

प्रतिनिधि सभामा कांग्रेस र एमालेमात्रैको पनि बहुमत छ । तर राष्ट्रिय सभामा सत्तापक्षलाई बहुमत पुर्‍याउन ३ सांसद भएको जसपा नेपालको साथ चाहिन्छ।