काठमाडौं,एजेन्सी - स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

गएराति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा इटालियन क्लब एटलान्टामाथि ३–१ तथा समग्रमा ४–१ को जित निकाल्दै रियल क्वाटरफाइनलमा पुगेको हो । 

घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा रियलले शानदार प्रदर्शन सफल भयो । खेलको ३४औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । ६०औं मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८३औं मिनेटमा लुइस मुरिएलले गोल गर्दै एटलान्टालाई खेलमा फर्काउने कोसिस गरे, तर त्यसको एक मिनेटमै मार्को एसेन्सियोले गोल गर्दै रियललाई ३१को जित दिलाए । 

पहिलो लेगमा रियलले एटलान्टामाथि उसकै मैदानमा १-० को जित निकालेको थियो ।