एजेन्सी - बारबेडियन पप गायिका रिहाना ब्रिटेनका अर्बपति म्युजिसियनको सूचीको टप स्थानमा पर्न सफल भएकी छन्। हालै लन्डनको द सन्डे टाइम्सले सार्वजनिक गरेको अर्बपतिको सूचीमा रिहाना पर्न सफल भएकी हुन् ।

गायक सर्ज एल्टन जोन र मिक ज्यागरलाई उछिन्दै चार सय ६८ मिलियन युरोसहित उनी ब्रिटेनका अर्बपति म्युजिसियनको तेस्रो स्थानमा पर्न सफल भएको सन्डेले जनाएको छ ।

सुचीको पहिलो स्थानमा ८०० मिलियनसहित एन्ड्रयु लोयड वेबर र पल म्याककार्टनी रहेका छन् ।

गायिका, नायिका, लेखक तथा व्यवसायी रिहानाको कमाइको धेरै प्रतिशत ‘फेन्टी ब्युटी’ नामक कस्मेटिक ब्रान्डको हो। उक्त ब्रान्डमा भएको उनको १५ प्रतिशत हिस्सा तीन सय ५१ मिलियन युरो रहेको बताइएको छ।

३२ वर्षीया गायिका रिहाना ब्रिटेनका अर्बपति म्युजिसियनको लिस्टमा पर्ने युवा गायिका हुन्। अर्बपति म्युजिसियनको लिस्टमा पर्न सफल भए पनि उनले विगत पाँच वर्षदेखि कुनै नयाँ एल्बम सार्वजनिक गरेकी छैनन्। सन् २००५ मा म्युजिक अप द सन् गीतबाट चर्चामा आएकी उनको पछिल्लो एल्बम एन्टी (२०१६) हो।