काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार २७७ जना स‌ंक्रमणमुक्त भएका छन् । 

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ७७१ पुगेको छ । आज कोरोनाबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।  नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९३६ रहेको छ ।