काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा ४ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ८९ हजार ९ सय रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।