'प्रधानमन्त्रीले कहाँबाट जनादेश प्राप्त गर्नुभएछ मैले थाहा पाइँन'
खबर एक्सप्रेस
२०७८-०४-०८ ०२:१८ मा प्रकाशित
Total Shares: 319
काठमाडौं - नेकपा एमालेका नेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनादेश कहाँबाट आयो भन्दै प्रश्न उठाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिँदै नेम्वाङले जनादेश निर्वाचनबाट प्राप्त हुने बताए ।
‘प्रधानमन्त्रीलाई बधाई दिनु छ, उहाँले कहाँबाट जनादेश प्राप्त गर्नुभएछ मैले थाहा पाइँन, उहाँले निर्वाचनबाट जनादेश पाउनुभएको छैन । परमादेशबाट उहाँ आउनुभएको हो ।’ नेम्वाङले भने ।
उनले पहिलेजस्तो हामीले पहिलो दिन संसद अवरोध नगरेको बताए ।
फेसबुक पेज Like गर्नुहोस