राष्ट्रपति सी चिनफिङलाई प्रचण्डको पत्र
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको महामारीविरुद्ध लड्न चिनियाँ राष्ट्रपति सी चिनफिङलाई सहयोगको अपिल गरेका छन् ।
अध्यक्ष ‘प्रचण्ड’ले एक पत्र पठाउँदै कोरोनाको महामारीसँग जुधिरहेकाले नेपाललाई सहयोगका लागि आग्रह गरेका हुन् । तीन दिनअघि पठाइएको पत्रमा ‘प्रचण्ड’ले कोरोना महामारी नियन्त्रण गर्न सफल भएकोमा राष्ट्रपति सीलाई बधाई दिँदै नेपाललाई सहयोग गर्न अपिल गरेको उल्लेख छ ।
'चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मैले विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएँ,' उनले भनेका छन्, 'कोरोना भाइरससँगको यो लडाइँमा जित हात पारेकोमा म नेकपाका तर्फबाट बधाइ दिन्छु ।'
पत्रमा उनले नेपाल अहिले नेपाल कोरोना संक्रमणको महामारीविरुद्ध लडिरहेको भन्दै चीनको तर्फबाट नेपाललाई आवश्यक सहयोगको समेत अपेक्षा गरेको उल्लेख गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस