अस्पतालबाट डिस्चार्ज भएपछि पुन: अनशनमा बसिन् भारती
खबर एक्सप्रेस
२०८०-०६-१८ १२:५४ मा प्रकाशित
Total Shares: 180
काठमाडौं- सर्वोच्च अदालतमा तारिख लिएर फर्किने क्रममा ढलेकी भारती मानन्धर अस्पतालबाट डिस्चार्ज भएपछि पुन: अनशनमा बसेकी छन्।
आफ्ना पति चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई आममाफी दिने निर्णय सर्वोच्चमा रिट निवेदन दिएकी भारती बुधबार रिट फाँटमा पुगेर तारिख लिएपछि फर्किने क्रममा सर्वोच्चको परिसरमा उनी बेहोस् भएर लडेकी थिइन्।
सर्वोच्च परिसरमा ढलेपछि भारतीलाई वीर अस्पताल लगिएकाे थियाे।

.gif)



फेसबुक पेज Like गर्नुहोस