काठमाडौं - ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि हिजो पाटन अस्पतालमा स्वाब परिक्षण गराएका थिए ।

मेयर महर्जनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

मेयर महर्जनलाई टाउको दुख्ने, जिउ दुख्ने लक्षण देखिएपछि स्वाब परीक्षण गराएका थिए।अहिले मेयर महर्जन बखुन्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसेका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो ।