राष्ट्रपतिले नागरिकता बिधेयक तत्काल प्रमाणीकरण गर्नुपर्छ : कांग्रेस सांसद निधि
खबर एक्सप्रेस
२०८०-०२-१० १२:४१ मा प्रकाशित
Total Shares: 91
काठमाडौं-नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता बिधेयकराष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अडचन नभएको दावी समेत गरे। उनले संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणिकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि सुझाव दिए ।
नेता निधिले संघीय संसदले दुई दुई पटक पारित गरेर पठाएको सो विधेयक फेरी संसदमा आउन नहुने समेत बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस