इकार्डीको ह्याट्रिकमा पीएसजी अन्तिम चारमा
खबर एक्सप्रेस
२०७८-०१-०९ १०:२४ मा प्रकाशित
Total Shares: 289
काठमाडौं,एजेन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा एन्जर्सलाई ५-०ले पाखा लगाउँदै पीएसजीले अन्तिम चारको यात्रा तय गरेको हो ।
पीएसजीलाई फराकिलो जित दिलाउन माउरो इकार्डीले ह्याट्रिक गोल गर्दा नेयमारले एक गोल गरे । यस्तै, एक गोल आत्मघाती उपहार पाएको थियो । एन्जर्सका भिन्सेन्टले आत्मघाती गोल गरेका थिए ।
इकार्डीले खेलको नवौं, ६८ र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यस्तै, २३ औं मिनेटमा एन्जर्सका भिन्सेन्टले आत्मघाती गोल गरेका थिए भने ६५ औं मिनेटमा नेयमारले गोल गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस