राष्ट्रकवि घिमिरेको पार्थिव शरिरमा रक्षामन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा
खबर एक्सप्रेस
२०७७-०५-०३ ११:०० मा प्रकाशित
Total Shares: 272
काठमाडौं - राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बुधबार बिहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् ।
राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । आज पशुपति आर्यघाटामा राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गरिँदै छ ।
फेसबुक पेज Like गर्नुहोस