राप्रपा र रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
खबर एक्सप्रेस
२०८०-०३-३१ ०४:५६ मा प्रकाशित
Total Shares: 100
काठमाडौं-प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको विरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको छ ।
मिटरब्याजपीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई पेस गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै राप्रपा र रास्वपाका सांसदहरुले रोष्ट्रम गर्दै नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले आइतबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस