नयाँशक्तिको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु
काठमाडौं - नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ।
अहिले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको निर्वाचन आयोग प्रमुख रामकुमार पुरीले जानकारी दिए। ९९ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि साढे ३ सय भन्दा धेरैको उम्मेदवारी परेको छ। उनका अनुसार उम्मेदवारको दाबी विरोधका लागि बिहान साढे ९ बजेसम्मको समय दिइएको छ।
त्यसपछि ११ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने पुरीले बताए। उम्मेदवारको अन्तिम नामावली अनुसार मतपत्र छाप्नुपर्ने भएकाले दिउँसो ३ बजेबाट मतदान गराउने तयारी रहेको आयोगले जनाएको छ।
देशभरका १ हजार ३ सय २० जना प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मताधिकार प्रयोग गर्नेछन्। धेरैजसो पदमा एकल उम्मेदवारी परेकाले सर्वसम्मत हुने अवस्था देखिएको उनले बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस