काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत नेपालले कराँतेको महिला टिम कातामा स्वर्ण पदक जितेको छ ।

निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको नेपाली टिमले स्वर्ण प्राप्त गरेको हो । नेपालको स्कोर २४.८८ रह्यो । रजत पाएको पाकिस्तानले २३.३ अंक बनाएको छ ।