यस्ताे छ आगामी तिन दिनकाे माैसम पूर्वानुमान
काठमाडौं - हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर पश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराई भू-भागमा आंशिक बदली रहेको छ । दिउँसोमा देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने रातिमा गण्डकी र सुदुर पश्चिम प्रदेशका एक /दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको छ।
मंगलबार
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।
बुधबार
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस