नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ९१ पुग्याे
खबर एक्सप्रेस
२०७७-०४-२८ ०४:३१ मा प्रकाशित
Total Shares: 415
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ।
फेसबुक पेज Like गर्नुहोस