आईपीएल: पन्जाबमाथि कोलकत्ताकाे जित
काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट राईडर्सले सहज जित हात पारेको छ । गएराति भएको खेलमा कोलकत्ताले पन्जाब किङ्सलाई ५ विकेटले पराजित गरेको हो ।
जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको कोलकत्ताले १६.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । कोलकत्ताका लागि कप्तान ओईन मोर्गनले अविजित ४७ रनको योगदान दिए । यस्तै, राहुल त्रिपाठीले ४१ रन, आन्द्रे रसेलले १० रनमा आउट हुँदा दीनेश कार्तिक १२ रनमा अविजित रहे ।
बलिङतर्फ पन्जाबका मोहम्मद शामी, अर्शदीपसिंह, मोइसेज हेनरिक्स र दीपक हुडाले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । पन्जाबका लागि मयंक अग्रवालले सर्वाधिक ३१ रन जोडे भने क्रिस जोर्डनले ३० रन, लोकेश राहुल र निकोलस पुरनले समान १९/१९ रन बनाए ।
बलिङमा कोलकत्ताका प्रसिद्ध कृष्णले ३ विकेट लिए भने सुनिल नारिन र पाट कुमिन्सले २र२ विकेट लिए । बरुण चक्रवर्ती र शिवम माभीको नाममा १/१ विकेट रह्यो ।
जितसँगै पाँचौं स्थानमा उक्लिएको कोलकत्ताले ६ खेलमा ४ अंक जोडेको छ । पराजित पन्जाब पनि ४ अंकसहित छैटौं स्थानमा छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस