काठमाडौं -  लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो ।

लेस्टरको जितमा कागलर सोयुन्चु र जेमी भर्डीले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

५७औं मिनेटमा सोयुन्चुले हेडरमार्फत गोल गर्दै लेस्टरलाई अग्रता दिलाए । त्अस्तै, ८८औं मिनेटमा जेमी भर्डीले गोल गर्दै लेस्टरलाई २–० को जित दिलाउन सफल भए ।

जितसँगै लेस्टरले ११ खेलबाट २३ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको हो । समान अंक भएता पनि चेल्सीलाई गोल अन्तरमा पछि पार्दै लेस्टर तेस्रो स्थानमा उक्लिन सफल भएको हो । पराजित क्रिस्टल प्यालेस भने १५ अंकसहित नवौँ स्थानमा छ ।