काठमाडौं,एजेन्सी - भारतमा कोरोनाको दोस्रो लहरका कारण त्रासको अवस्था रहेको छ । दैनिक झण्डै ४५ हजारभन्दा बढी कोरोना संक्रमित थपिइरहेका छन् । उता भारतभर कोरोना खोप अभियान पनि चलिरहेको छ ।

यसैबीच अभिनेता संजय दत्तले कोरोना भ्याक्सिन लगाएका छन् । उनले आफुले भ्याक्सिन लगाएको फोटो सामाजिक सञ्जालमा शेयर समेत गरेका छन् ।

उनले बिकेसी भ्याक्सिन सेन्टरमा कोरोना भ्याक्सिन लगाएका हुन् । कोरोना खोप लगाएपछि उनले उक्त अभियानमा सहभागी रहेका सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिएका छन् ।