काठमाडौं,देउखुरी-लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन्। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा सपथ खुवाएका हुन्।

गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। मुख्यमन्त्रीसँगै आजै अन्य २ मन्त्रीहरुले समेत सपथ लिएका छन्।

नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र एमालेको तर्फबा अर्घाखाँचीका प्रदेशसभा सदस्य चेतनारायण आचार्यले सपथ लिएका छन्। उनीहरुले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन्।