दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनको आदेश
खबर एक्सप्रेस
२०८२-०४-२० ०७:१३ मा प्रकाशित
Total Shares: 164
काठमाडौं - उच्च अदालत पाटनले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
काठमाडौंको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमा संलग्न रहेको अभियोगमा कारागारमा रहेका प्रसाईंलाई उच्चले सोमबार धरौटीमा छाड्न आदेश दिएको हो ।
तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको छ।
तर, बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस