कतारी अमिर काठमाडौं आइपुगे
खबर एक्सप्रेस
२०८१-०१-११ ०४:१२ मा प्रकाशित
Total Shares: 152
काठमाडौं - कतारका अमिर (राजा )शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् ।
अमिर थानीको विमान ३:४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । मंगलबार अपरान्ह ४ बजेर ४० मिनेटमा आउने तालिका भए पनि उनी एक घण्टा अगाडि नै काठमाडौं आइपुगेका हुन् ।
राजकीय भ्रमणमा आएका उनको स्वागतमा राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ ।
अरब मुलुकबाट नेपालमा भएको यो अहिलेसम्मको उच्चस्तरको भ्रमण हो।

.gif)




फेसबुक पेज Like गर्नुहोस