अजय देवगन अभिनीत चलचित्र ‘भुज द प्राइड अफ इन्डिया’ प्रदर्शनमा
काठमाडौं,एजेन्सी - बलिउड अभिनेता अजय देवगन अभिनीत चलचित्र ‘भुज द प्राइड अफ इन्डिया’ प्रदर्शनमा आएको छ । भारतीय वायुसेनाले देश रक्षाका लागि देखाएको बहादुरीको कथालाई चर्चा गरिएको यो चलचित्रको कथा सन् १९७१ मा भारत र पाकिस्तानबीच भएको युद्धको हो ।
जसमा पाकिस्तानी सैनिकले भुज एयरबेसमा १२ वटा बम खसालेर हमला गर्छन् । त्यसपछि त्यहाँ नजिकैको गाउँ माधापारमा बस्ने ३ सय महिलाले आफ्नो जिन्दगी दाउमा राखेर इन्डियन एयरफोर्सको रनवे रातारात मर्मत गर्छन् ।
ताकि त्यहाँ भारतीय सैनिक उनीहरुको सहयोगका लागि आउन सकुन् । भुज एयरबेसका स्क्वाड्रन लिडर विजय कार्णिक (अजय देवगन) ले रनवे मर्मतका लागि ती स्थानीयलाई प्रेरित गरेका थिए । यो चलचित्रले संकटको घडीमा देशका नागरिक र भारचीय सेनाबीचको सहयोगलाई सम्झाउँछ । चलचित्र निर्देशक अभिषेक दुधैयाले गुमनाम योद्धा र उनीहरूको अविश्वसनीय बहादुरीको कथालाई चलचित्रमा उधिनेका छन् ।
जसमा अजय देवगनले उत्कृष्ट प्रदर्शन गरेका छन् । चलचित्रको परिचयमा लेखिएअनुसार चलचित्र काल्पनिक हो र वास्तविक घटनामा आधारित छ । चलचित्रको मध्यान्तर अघिसम्म धेरै पात्रको उपस्थिति छ, जसमा वीरता प्रदर्शन गरिएको छ । त्यस अवधिमा भुज एयरबेसमा भएको हमला देखाइएको छ । चलचित्र दोस्रो भाग अधिक रोचक छ ।
चलचित्रमा एक्सन गेम पोइन्ट एकदम सही छ । दर्शकलाई युद्धका दृश्यले निकै रोचकता प्रदान गर्नेछन् । चलचित्रमा ध्वनीको संयोजनले दर्शकलाई दर्शकलाई तानिरहन्छ । हेर्दा लागिरहन्छ कि हामी स्वयम् युद्धको मैदानमा छौं । अजय देवगन आफ्नो चरित्रमा यति पर्फेक्ट छन्, लाग्छ कि उनीबाहेक अरु कसैले यो दृश्य गर्नै सक्दैन । यो चलचित्रले देशप्रेम झल्काएको छ । सञ्जय दत्त, सोनाक्षी सिन्हा, शरद केलकर र एमी विर्कको अभिनय पनि तारिफयोग्य छ । क्यामियोमा, नवनी परिहार पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा सुहाउँदो देखिएकी छन् ।
फेसबुक पेज Like गर्नुहोस