काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते संसद अधिवेशन आह्वान गरेकी छन् । 

सोमवार बिहान मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । 

 प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर, फागुन ११ गते सर्वोच्च अदालतले सरकारको उक्त कदम असंवैधानिक रहेको ठहर गर्दै पुनःस्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश गरेको थियो ।