कोभिड-१९ परीक्षणः रूकुम पश्चिमका दुई पुरुषको रिपोर्ट पोजिटिभ
खबर एक्सप्रेस
२०७७-०१-०४ ०४:२८ मा प्रकाशित
Total Shares: 365
काठमाडौं - रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पोजेटिभ देखिएको छ ।
सुदूरपश्चिमको धनगढीस्थित प्रयोगशालाको रियल टाइम पीसीआर मेसिनबाट परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो । रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइएको बताइएको छ ।
केही दिन अगाडि कर्णाली प्रादेशिक अस्पताल सुर्खेतले आरडिटीमा एन्टिबडी देखिएका केही स्वाबको परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाएको थियो । पीसीआर टेस्टका क्रममा दुई जनाको रिपोर्ट धनगढीमा पनि पोजेटिभ देखिएको हो ।
पोजेटिभ देखिएका उनीहरू केही दिनअघि भारतबाट आएका थिए । उनीहरु अहिले रुकुमको चौरजहारी सामुदायिक अस्पतालको आइसोलेनमा उपचारत छन् ।
फेसबुक पेज Like गर्नुहोस