काठमाडौं - जिल्ला प्रशासन कार्यालय चितवनले माडी नगरपालिकाबाहेकका स्थानीय तहमा आजै रातिदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको छ ।

भदौ ५ गते राति १२ बजेसम्म सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको प्रशासकीय अधिकृत ईश्वर सिंखडाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

निषेधाज्ञा अवधिभर बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका पनि ५ बजेदेखि ८ बजेसम्म अत्यावश्यक खाद्य सामग्री खरिद गर्ने प्रयोजनको लागि मात्र कुनै पनि सवारी साधन प्रयोग नगरी पैदल यात्राबाट मात्रै नजिकको खाद्यान्न पसलसम्म आवतजावत गर्न आग्रह गरिएको छ ।

कोरोना रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।