काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट विगत १० वर्षयताकै सन्तुलित बजेट भएको दाबी गरेका छन्।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘पोष्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै सबैभन्दा सानो र सन्तुलित बजेट भएको दाबी गरेका हुन् ।