जेसस चम्किँदा सिटीको सानदार जित
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा सिटीले उल्भ्सलाई ४-१ले पाखा लगाएको हो ।
खेलको १५औं मिनेटमा उल्भ्सका लिएन्डर डिनडेन्करको आत्मघाती गोलबाट सिटीले सुरुवाती अग्रता लिएको थियो । ६१औं मिनेटमा कोनर कोडेले गोल गर्दै उल्भ्सलाई खेलमा फर्काए ।
तर, ८०औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । रियाद महारेजले ९०औ मिनेटमा गोल गर्दै सिटीलाई जिततर्फ अगाडी बढाए । खेलको इन्न्जुरी समयमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ को शानदार जित दिलाए ।
जितसँगै सिटीले शीर्षस्थानमा १५अंकको अग्रता लिएको छ । सिटीको २७ खेलबाट ६५ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ५० अंक छ । पराजित वल्भ्स भने ३४ अंक जोडेर १२औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस