नेपालमा थप ३ हजार ९१५ जनामा कोरोना पुष्टि, २७ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०४-२९ ०५:१४ मा प्रकाशित
Total Shares: 264
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३९१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २७६३ र एन्टिजेन विधिबाट ११५२ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख २८ हजार ५३२ र एन्टिजेनबाट ७४ हजार ३४ जना पुगेको छ ।
यस्तै, आज थप २११८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ७९ हजार ४९५ जना पुगेको छ । निको हुनेको दर ९३.३ प्रतिशत छ ।
आज संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार २३९ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस