काठमाडौं उपत्यकामा आज थप ९ सय ५७ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०८-०७ ०४:३९ मा प्रकाशित
Total Shares: 335
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९५७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ संक्रमित थपिएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ९९ हजार २४ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस