काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानै कुरा दोहोर्‍याएर नयाँ परिणाम खोज्नु पागलपन रहेको बताएका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा वैज्ञानिक अल्वर्ट आइन्सटाइनको भनाई उदृत गर्दै भट्टराईले पुरानै कुरा दोहोर्‍याएर नयाँ परिणाम खोज्नु पागलपन भएको टिप्पणी गरेका हुन् ।

संसद पुनर्स्थापनापछि एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको समीक्षा नगरी सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण भएको भन्दै उनले सबैलाई आत्मसमीक्षा गर्न सुझाव समेत दिएका छन् ।

यस्ताे थियाे भट्टराईकाे ट्वीट

'आइन्सटाइन भन्थे-पुरानै कुरा दोहोर्याउनु अनि नयाॅ परिणाम खोज्नु पागलपन हो!संसद पुनर्स्थापनापछि देशमा एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको कुनै समीक्षा नगरी सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ! सबैले आत्मसमीक्षा गर्ने कि?'