काठमाडौं - नेपाल टेलिकमले आफ्नो डाटा चोरी नभएको स्पष्ट पारेको छ ।

गत असार २७ गते सर्भर ह्याक सार्वजनिक भएपछि टेलिकमले छानविन सुरु गरेको थियो। विज्ञहरुबाट विस्तृत छानविनका आधारमा टेलिकमले कुनैपनि डाटा चोरी नभएको विज्ञप्ती जारी गरेको छ। 

ह्याक भएको भन्ने जानकारी आएपछि कम्पनीले डाटा सुरक्षासम्बन्धी गाम्भीर्यतासँगै शंकाको घेरामा रहेका उपकरण र प्रणाली तत्काल बन्द गरी छानविन गरेको थियो। 

ग्राहकहरुसँग सम्बन्धित सबै डाटा सुरक्षित राख्न टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आएकाले कुनै खतरा नरहेको जनाएको छ। 

प्रवक्ता राजेश जोशीले  कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको बताए ।