काठमाडौं - जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले सानदार जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा डर्टमण्डले एफसी कोल्नलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । यस्तै राफायल गुइरेरो, मार्को रिउस र जाडोन सान्चोले एक एक गोल गरे । एफसी कोल्नका मार्क उथले एक गोल फर्काए ।

खेलको पहिलो मिनेटमा राफायलले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । २९ औं मिनेटमा रिउसले गोल गर्दै डर्टमण्डको अग्रता २-० को बनाए । ४८ औं मिनेटमा सान्चोले गोल गर्दा पाहुना टिमको अग्रता तेब्बर बन्यो । ६५ औं मिनेटमा घरेलु टोलीका मार्कले गोल गर्दै खेल ३-१ को बनाए ।

७७ औं मिनेटमा हालाण्डले गोल गर्दा डर्टमण्ड ४-१ ले अघि रह्यो । त्यसपछि ८७ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ५-१ को सहज जित दिलाए । जितसँगै डर्टमण्ड लिगको तेस्रो स्थानमा उक्लिएको छ । डर्टमण्डले १९ खेलमा ३६ अंक जोडेको छ । लिगमा शीर्ष स्थानको आरबी लिपजिगको ४० अंक रहदा दोस्रो स्थानको वायर्न म्युनिखको ३६ अंक रहेको छ ।