मौसम: प्रदेश १ र २ मा बिहानै वर्षा, दिउँसो सातै प्रदेशमा वर्षाको सम्भावना
खबर एक्सप्रेस
२०७८-०९-२३ ०८:३१ मा प्रकाशित
Total Shares: 334
काठमाडाैं - देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण शुक्रबार बिहान प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।
दिउँसो सातै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
राति प्रदेश १, २, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।
शनिबार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस