काठमाडौं - र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)का क्रममा ‘एन्टीबडी पोजेटिभ’ देखिएका हेटौंडाका ४ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

बिहीबार हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

हेटौंडा अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा एक महिला र ३ पुरुषमा रिपोर्ट नेगेटिभ पाइएको प्रयोगशालाले जनाएको छ।

उनीहरुमा भारत विहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ बर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ बर्षीय एक बृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ बर्षिय एक युवक र साउदी अरबबाट फर्किएका ३२ बर्षीय एक युवक रहेका छन् । उनीहरु चारै जनालाई हेटौंडा-४ कर्रामा रहेको आइसोलेसनमा राखिएको थियो ।