काठमाडौं - सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट खारेज गरेको छ । बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले उक्त रिट निवेदन खारेज गरिदिएको हो ।

कांग्रेसका महासमिति सदस्य एवं वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै १८ भदौमा रिट दायर गरेका थिए । 

कांग्रेसकाे महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएकाे छ ।