पीएसजीको सहज जित
खबर एक्सप्रेस
२०७७-१०-२२ ०९:३७ मा प्रकाशित
Total Shares: 526
काठमाडौं, एजेन्सी - फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३-० ले हराएको हो । पीएसजीलाई जित दिलाउन एन्जल डी मारिया, पाब्लो सराबिया र केलियन एमबाप्पेले एक/एक गोल गरे ।
खेलको १८ औं मिनेटमा डी मारियाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ३६ औं मिनेटमा सराबियाले गोल गर्दा पीएसजी २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ६८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ३-० को सहज जित दिलाए । जितसँगै पीएसजीले २३ खेलमा ४८ अंक जोडेको छ । निम्स १५ अंक जोडेर पुछारमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस