सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा
खबर एक्सप्रेस
२०८०-०२-११ ०४:०९ मा प्रकाशित
Total Shares: 112
काठमाडौं-पूर्वसांसद रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा पुगेको छ ।
सरकारले पूर्वसांसद चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारीका साथ सो प्रस्ताव राष्ट्रपति कार्यालय पुर्याएको हो ।
टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ ।
यस विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ राष्ट्रपति कार्यालय पुगेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस