प्रधानमन्त्री दाहाल र चिनियाँ उपमन्त्री सुनबीच द्विपक्षीय हितका वियषमा छलफल
खबर एक्सप्रेस
२०८०-१०-१३ ११:३१ मा प्रकाशित
Total Shares: 187
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।
उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणामा शुक्रबार नेपाल भ्रमणमा आएका हुन् । नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस